गृहपृष्ठ कर्णालीका आयोजना कणालीकै जनताका लागि : मन्त्री पुन

कर्णालीका आयोजना कणालीकै जनताका लागि : मन्त्री पुन

bheri babai pic

ऊर्जामन्त्री वर्षमान पुनले कर्णालीका आयोजना कर्णालीकै जनताका लागि बन्ने बताएका छन् । सोमबार सुर्खेतमा भेरी बबई आयोजनाको दोस्रो आयोजना मुहानको ड्याम शिलान्यास गर्दै मन्त्री पुनले कर्णालीका जनताकै लागि आयोजना बनाइने भएकोले मन सानो नगर्न स्थानीयलाई आग्रह गरे ।

विद्युत् उत्पादनमा कर्णालीका जनताको कम्तीमा पनि ६ अर्ब लगानी गर्ने गरी आयोजना अघि बढेका उनले बताए । कर्णालीका अव्यवस्थित बस्तीका लागि कार्यक्रम बढाए अन्य क्षेत्रकाले लाभ नलिने भन्दै मन्त्री पुनले आयोजनाको अधिकतम लाभ यहाँका जनताले पाउनुपर्ने समेत बताए ।

‘भेरी बबई डाइभर्सन आयोजना राष्ट्रिय गौरवको आयोजना भएकाले बजेटको कमी हुन दिइने छैन,’ उनले भने, ‘प्रभावित क्षेत्रका जनतालाई मुआब्जा दिनेमा आयोजनाले कन्जुस्याइँ गर्नु हुन्न ।’ जग्गाको प्रकृति हेरी मुआब्जा वितरण गरिने मन्त्री पुनले बताए ।

बाँध र विद्युत पावर हाउसको शिलान्यास गरिएसँगै भेरी–बबई डाइभर्सन बहुद्देश्यीय आयोजनाको दोस्रो चरणको काम सुरु भएको छ । पहिलो चरणको सुरुङ खन्ने काम वैशाखमा सम्पन्न भएको थियो ।

प्रकाशित समय ०७:१८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु