गृहपृष्ठ नेपाल रजतमै सीमित, महिला भलिबलको स्वर्ण भारतलाई

नेपाल रजतमै सीमित, महिला भलिबलको स्वर्ण भारतलाई

नेपाल महिला भलिबलमा रजतमै सीमित भएकाे छ । उत्कृष्ट खेल प्रदर्शन गरे पनि फाइनल गुमाउनु पुग्दा नेपाली टोलीकाे ऐतिहासिक स्वर्ण जित्ने सपना पूरा हुन सकेन । भारतले ३-२ सेटले फाइनलको नतिजा आफ्नो पक्षमा पार्दै स्वर्ण पदक जितेको हो ।

पहिलो सेट गुमाएको नेपाले दोस्रो सेटमा २५-२३ ले जित निकालेको थियो । तेस्रो सेट नेपालले २५-२१ ले जितेपछि उपाधिनजिक पुगेको हो । दोस्रो सेटमा नेपालले जित दर्ता गर्दै इतिहास पनि रचेको छ । महिला भलिबलमा नेपालले पहिलो पटक भारतलाई कुनै पनि सेटमा हराएको हो ।

पहिलो सेटमा भारत २५-१७ ले विजयी भएको थियो । निरन्तर अग्रता कायम गर्दै भारतले पहिलो सेटमा सोझो जित हात पारेको थियो । अन्तिम सेटमा नेपालले अपेक्षाकृत राम्रो प्रदर्शन गर्न सकेन र १५-६ को हार व्यहोर्‍यो ।

नेपाली महिला भलिबल टोली सागमा पहिलो पटक फाइनलमा पुगेको हो । यसअघि नेपाली महिला भलिबल टोलीले सन् १९९९, २००६ र २०१६ मा तीन पटक कास्य जितेको थियो । नेपालले सेमिफाइनलमा श्रीलंकालाई ३-० को सोझो सेटमा पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो ।

प्रकाशित समय १८:३५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु