गृहपृष्ठ पहिलो पटक बस्यो प्रचण्डको अध्यक्षतामा सचिवालय बैठक

पहिलो पटक बस्यो प्रचण्डको अध्यक्षतामा सचिवालय बैठक

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक धुम्बाराहीमा सुरु भएको छ ।

पार्टीको कार्यकारी भूमिका पाएपछि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा पहिलो पटक सचिवालय बैठक बसेको हो ।

उपचारमा अस्पताल भर्ना भएपछि पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली बैठकमा अनुपस्थित छन् । बैठकमा सचिवालय सदस्यद्वय झलनाथ खनाल र ईश्वर पोखरेल पनि अनुपस्थित छन् ।

बैठकमा उपनिर्वाचन परिणामको समीक्षा लगायतका विषयमा छलफल भइरहेको नेकपा सचिवालय स्रोतले जनाएको छ ।

प्रकाशित समय १०:२४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु