गृहपृष्ठ नेपाललाई ३२औं स्वर्ण, आठौंको रेकर्ड तोडियो

नेपाललाई ३२औं स्वर्ण, आठौंको रेकर्ड तोडियो

साइक्लिङमा बुद्धिबहादुर तामाङले ३२औं स्वर्ण जिते

१३औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले हासिल गरेको स्वर्ण पदक संख्या ३२ पुगेको छ । योसँगै आठौं दक्षिण एसियाली खेलकुदको रेकर्डसमेत तोडिएको छ ।

साइक्लिङमा बुद्धिबहादुर तामाङले नेपाललका लागि ३२औं स्वर्ण पदक जितेका हुन् । बिहीबार गोकर्णमा भएको पुरुष क्रस कन्ट्रीमा बुद्धिबहादुरले १ घन्टा १९ मिनेट ८ सेकेण्डमा निर्धारित दुरी पार गरे ।

सोही स्पर्धामा १ मिनेट १९.४० सेकेण्डमा दुरी पारे गरेका नेपालकै राजिभ राईले रजत र १ मिनेट २१.०० सेकेण्डमा निर्धारित दुरी पार गरेका ओकेशराज बज्राचार्यले कास्य जिते ।

साइक्लिङका विजेताहरू ।

सन् १९९९ मा काठमाडौंमा आयोजित आठौं सागमा नेपालले पहिलोपटक समावेश गरिएको कराँते र तेक्वान्दोमा १४-१४ स्वर्णसहित कुल ३१ स्वर्ण जितेको थियो । त्यो नै यसअघिको नेपालको सर्वाधिक ठूलो उपलब्धि थियो ।

नेपालले सन् २०१० मा ढाकामा आयोजित सागमा आठ र २०१६ मा भारतमा आयोजित १२औं सागमा जम्मा तीन वटा स्वर्ण जितेको थियो ।

१३औं सागमा स्वर्ण विजेताहरूः

१ मण्डेकाजी श्रेष्ठ – कराँते
२ सोनी गुरुङ – ट्रायथोलन
३ कमल श्रेष्ठ – तेक्वान्दो, पुम्से
४ निर्मला तामाङ, सरु कार्की, संगीता मगर – कराँते
५ सिना मादेन – तेक्वान्दो, पुम्से
६ मन्डेकाजी श्रेष्ठ, प्रवीण मानन्धर, महशुस तामाङ-कराँते
७ लक्ष्मण तामाङ – कराँते
८ पार्वती गुरुङ – तेक्वान्दो -पुम्से)
९ आयशा शाक्य – तेक्वान्दो -पुम्से)
१० विप्लवमान श्रेष्ठ – कराँते
११ कुसुम खड्का – कराँते
१२ आयशा शाक्य, सञ्जिवकुमार ओझा- टीम पुम्से
१३ अनु अधिकारी – कराँते
१४ निशा दर्नाल, स्वम्तिमा तामाङ, सञ्जिला तिमल्सिना-टीम पुम्से
१५ निता गुरुङ, प्रशंसा क्षेत्री, सुशीला राई- तेक्वान्दो -पुम्से)
१६ हिमाल टमटा – दुवाथोलन
१७ विजय सिञ्जाली – उसु -थाउलो)
१८ सुम्मिता तामाङ – उसु -थाउलो)
१९ नवीन रसाइली – कराँते
२० सन्तोषी श्रेष्ठ – एथ्लेटिक्स
२१ काजोल श्रेष्ठ – तेक्वान्दो
२२ वीरबहादुर महरा – तेक्वान्दो
२३ सुनिता महर्जन – तेक्वान्दो
२४ अनुपमा मगर – कराँते
२५ दीपक हमाल – उसु
२६ राजेश मगर – साइक्लिङ
२७ निस्मा श्रेष्ठ – साइक्लिङ
२८ संगिता बस्याल – तेक्वान्दो
२९ सक्षम कार्की – तेक्वान्दो
३० निमा घर्ती मगर – उसु
३१ लक्ष्मी मगर – साइक्लिङ
३२ बुद्धिबहादुर तामाङ – साइक्लिङ

प्रकाशित समय १६:०१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु