गृहपृष्ठ छानबिन समितिले बुझायो ३० पृष्ठ लामो प्रतिवेदन

छानबिन समितिले बुझायो ३० पृष्ठ लामो प्रतिवेदन

काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठमाथि छानबिन गर्न गठन भएको समितिले ३० पृष्ठ लामो आफ्नो प्रतिवेदन बुझाएको छ ।

राष्ट्र बैंकका संचालक श्रीराम पौडेलको संयोजकत्वमा रामजी रेग्मी र सुबोधलाल कर्ण सदस्य भएको छानविन समितिले श्रेष्ठलाई दोषी देखाउँदै लामो प्रतिवेदन र ५२ पृष्ठ अनुसन्धान सम्बन्धी अन्य कागजपत्रसमेत नेपाल राष्ट्र बैंकलाई बुझाएको छ ।

डेपुटी गभर्नर श्रेष्ठले तत्कालिन एपेक्स डेभलपमेन्ट बैंक फाइल लुकाएको र एनसेललाई लाभांश लैजान स्वीकृति दिदा अधिकारको दुरुपयोग गरेको आरोप छ ।

त्यस्तै तत्कालीन ग्राण्ड बैंकको २ अर्बको फाइल श्रेष्ठले २ वर्ष ७ महिना लुकाएको, ३/४ वटा देश भ्रमणमा गएर दोहोरो सुविधा लिएको, स्पेनको भिभिएलपि बैंकमा अफिसर लेभलको कर्मचारीलाई बोलाएको कार्यक्रममा उनलाई नआएको निम्तामा पनि गएकोलगायतका कुराहरु प्रतिवेदनमा उल्लेख गरिएको छ ।

प्रकाशित समय ०७:३६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु