गृहपृष्ठ गाउँपालिकाले दियो विद्यार्थीलाई सहुलियत

गाउँपालिकाले दियो विद्यार्थीलाई सहुलियत

school_news karobar

जिल्लामै शैक्षिक क्षेत्रमा नमुनाका रूपमा चिनिएको र शिक्षाका क्षेत्रमा पर्याप्त लगानी गर्दै आएको चिचिला गाउँपालिकाले अनाथ तथा असहाय बालबालिकालाई स्कुल झोला वितरण गरेको छ ।

गाउँपालिकाले यस वर्ष १ लाख ३० हजार रुपैयाँ बजेट विनियोजन गरेर गाउँपालिकाभित्रका विपन्न तथा गरिब विद्यार्थीलाई लक्षित गरी गाउँपालिकाका अध्यक्ष पासाङनुर्वु शेर्पाले झोला प्रदान गरेका छन् । अध्यक्ष शेर्पाले आगामी वर्ष पनि यस कार्यक्रमलाई निरन्तरता दिइने जानकारी दिए ।

यसैबीच गाउँपालिकाले यस शैक्षिक वर्षमा एसइई पास गरी विज्ञान विषय पढ्ने चार विद्यार्थीलाई शतप्रतिशत छात्रवृत्ति उपलब्ध गराउने भएको छ । गाउँपालिकाको सामुदायिक विद्यालयमा अध्ययन गरेर कक्षा ११ मा विज्ञान विषय लिएर पढ्ने विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउने व्यवस्था मिलाइएको अध्यक्ष शेर्पाले जानकारी दिए ।

अन्य संकायका विषय अध्ययन गरेका प्रशस्त युवायुवती गाउँपालिकामा रहे पनि विज्ञान विषय लिएर पढ्नेको संख्या तुलनात्मक रूपमा न्यून भएकाले प्रोत्साहन गर्न छात्रवृत्तिको व्यवस्था गरिएको हो । विज्ञान विषय अन्य प्राविधिक तथा चिकित्सा क्षेत्र पढ्नका लागि पनि जग भएकाले त्यसतर्फ प्रोत्साहन गर्नका लागि यस किसिमको छात्रवृत्ति गाउँपालिकाले व्यवस्था गरेको उनले स्पष्ट पारे । (रासस)

प्रकाशित समय १०:४१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु