गृहपृष्ठ जाजरकोटको वडा कार्यालयमा आगजनी

जाजरकोटको वडा कार्यालयमा आगजनी

अज्ञात समूहले जाजरकोटको कुशे गाउँपालिका–६ को वडा कार्यालयमा आज आगजनी गरेको छ ।

आगजनीबाट कागजात, कुर्सी र फर्निचर नष्ट भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्रीले जानकारी दिए ।

उनले आगजनी गर्नेको खोजी भइरहेको बताए ।

प्रकाशित समय ०६:४० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु