गृहपृष्ठ सिँचाइ आयोजना निर्माणपछि किसान हर्षित
सिँचाइ आयोजना निर्माणपछि किसान हर्षित
पश्चिमी पर्साको पर्सागढी नगरपालिका-२ हरपुरमा लोटाहा बाँध सिँचाइ आयोजना निर्माण भएपछि त्यस भेगका किसान हर्षित भएका छन् ।
संघीय सरकारको ३ करोड ८८ लाख २५ हजार ३२८ रुपैयाँ लागतमा निर्माण भएको उक्त आयोजनाबाट २०२ दशमलव ५७ हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा उपलब्ध हुने जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय वीरगन्जका डिभिजन प्रमुख शिवनन्दनप्रसाद साहले बताए । ९५४ जनसंख्या रहेको त्यस वडाका १३९ घरधुरी सिँचाइ सुविधाबाट लाभावित हुने बताइएको छ । (रासस)
प्रकाशित समय ११:१३ बजे
















