गृहपृष्ठ कांग्रेसमा जुटेन सहमति : पौडेल समूह आज पनि बैठकमा नजाने
कांग्रेसमा जुटेन सहमति : पौडेल समूह आज पनि बैठकमा नजाने
पाैडेल समूहले नेपाली कांग्रेसकाे केन्द्रीय समिति बैठक आज पनि बहिष्कार गर्ने भएको छ । संस्थापन पक्षसँग कुनै सहमति भइनसकेको भन्दै पाैडेल समूहले बैठकमा नजाने निर्णय गरेको हो ।
१४औं महाधिवेशनको कार्यतालिका पनि बैठकको एजेण्डामा समावेश गरिनु पर्ने माग राख्दै वरिष्ठ नेता पौडेलको समूहले शुक्रबारको बैठक बहिस्कार गरेको थियो । शनिबार सभापति शेरबहादुर देउवाले पौडेलसँग भेट गरी सहमतिकाे प्रयास गरेका थिए । छलफल भए पनि पाैडेलकाे अडानका सहमति भने भएन ।
यसैबीच, विभिन्न तहमा संस्थापन र रामचन्द्र पौडेल समूहबीच सहमतिको प्रयास तीब्र भएको छ ।उपसभापति महेन्द्रनारायण निधिले आइतबार बिहान महामन्त्री शशांक कोइरालालाई भेटेका छन् । निधिले भेटेपछि महामन्त्री कोइरालाले पौडेल समूहको वार्ता टोलीसँग कुराकानी गरेका थिए ।
प्रकाशित समय १३:१३ बजे
















