गृहपृष्ठ लागुऔषधसहित भारतीय कारमा आएका २ जना पक्राउ
लागुऔषधसहित भारतीय कारमा आएका २ जना पक्राउ
भारतीय कारमा लागुऔषध लिएर आउँदै गरेका दुई जना पक्राउ परेका छन् ।
डब्लुबी ७४ एएफ ३१४९ नं.को भारतीय कारमा सवार झापा मेचीनगर ४ का ३६ वर्षीय राजेशकुमार दाहाल र मेचीनगर ६ का २६ वषीय पासाङ शेर्पालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
इटहरीबाट धरानतर्फ जाँने गर्दा धरान–८ तिनकुनेमा चेकजाँच गर्ने क्रममा राजेशकुमार दाहालले कम्मरको पेटीमा २२.३३ ग्राम खैरो हिरोइन फेला पारेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिए ।
प्रकाशित समय १०:१९ बजे
















