गृहपृष्ठ प्रहरीलाई प्रदर्शनकारीले प्रेमपूर्वक दिए गुलाफको फूल
प्रहरीलाई प्रदर्शनकारीले प्रेमपूर्वक दिए गुलाफको फूल
भारत सरकारले ल्याएको नागरिक संशोधन कानुन (सिएए) र नेशनल रजिस्टर अफ सिटिजन्स (एनआरसी) को विरोधमा भारतभर प्रदर्शन भइरहेको छ ।
भारत प्रहरीले प्रदर्शनकारीमाथि गरिएको हिंसाको विश्वभर चर्चा भएको छ । राजधानी दिल्लीमा पछिल्ला केही दिनमा भएका प्रदर्शन हिंसात्मक बन्दै गएका छन् । दर्जनौंले ज्यान गुमाइसकेका छन् ।

तर प्रदर्शनकारीले दमन गर्ने प्रहरीलाई सद्भावले जवाफ दिएका छन् । दिल्लीको जन्तरमन्तरमा शुक्रबार भएको प्रदर्शनको क्रममा प्रदर्शनकारीले प्रहरीमाथि ढुंगा प्रहार गरेनन् ।
उनीहरुले प्रदर्शनको क्रममा आफूहरुलाई रोक्न आउने प्रहरीले गुलाफको फूल प्रदान गरेका छन् । प्रदर्शनकारीले प्रेमको प्रतिकका रुपमा रहेको गुलाफको फूल प्रयोग गरेर सकारात्मक सन्देश दिएका हुन् ।

नागरिकता संशोधन सम्बन्धी नयाँ कानुन अनुसार पाकिस्तान, बंगलादेश तथा अफगानिस्तानमा धार्मिक उत्पीडनका कारण बस्न नसकेर सन् २०१४ को डिसेम्बर ३१ सम्ममा भारत आएका हिन्दू, सिख, बौद्ध, जैन, पारसी र इसाई समुदायका व्यक्तिलाई भारतको नागरिकता दिइने छ ।
तर यसमा मुस्लिमहरुलाई भने समेटिएको छैन । कानूनी रुपमै धर्मका आधारमा विभेद भएको भन्दै भारतभर हाल विरोध प्रदर्शन भइरहेको छ । (एजेन्सी)
प्रकाशित समय १०:०९ बजे

















