गृहपृष्ठ जनकपुरमा पत्रकारविरुद्ध नगरका कर्मचारीहरु आन्दोलित

जनकपुरमा पत्रकारविरुद्ध नगरका कर्मचारीहरु आन्दोलित

जनकपुरधाम उपमहानगरपालिकाका कर्मचारीहरु पुस २३ गते कार्यालयको कामकाज बन्द गर्दै धर्नामा बसेका छन् ।

उपमहानरगरपालिकाका मेयर लालकिशोर साहको कार्यकक्षमा पत्रकारहरु गएर हुलहुज्जत तथा दुव्र्यवहार गर्दै कार्यपालिका सदस्य र कर्मचारीहरुमाथि हातपात गरेको भन्दै आफूहरुलाई शान्ति सुरक्षा तथा काम गर्ने वातावरण निर्माण गरी दिन भन्दै नगरका कर्मचारीहरु आन्दोलित भएका हुन् ।

बुधबार उपमहानगरपालिकाका सबै कर्मचारी कार्यालय परिसरमै धर्ना बस्दै जिल्ला प्रशासन कार्यालय धनुषा पुगेर धनुषाका सिडियो प्रदिपराज कँडेललाई ज्ञापनपत्र बुझाएका छन् ।

नगरपालिकाका कर्मचारीहरुले बुझाएको ज्ञापन पत्रमा घटनाको छानविन गरि दोषीमाथि पत्रकारमाथि कडा कारवाही गर्न माग गरेका छन् ।

जनकपुरधाम उपमहानगरपालिका कर्मचारी युनियनका अध्यक्ष कृष्ण कुमार झाले महिला कर्मचारीलाई कुटपिट गर्ने पत्रकारलाई कारबाही नगरे चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिएका छन् । उनले भने, ‘समाचारका लागि प्रतिक्रिया लिन केही पत्रकार मेयर साहेबको कार्यकक्षमा आउनुभएको थियो ।’

मेयर साह मिटिङमा रहेको बेला जबरजस्ती कार्यकक्षमा पुगेर मेयरलाई धम्काउँदा विवाद भयो । अनि उनीहरू महिला कर्मचारीलाई नै कुटपिट गरे, अहिले उल्टै मेयरमाथि आरोप लगाउँदै छन् ।

नगरपालिकाका महिला कर्मचारी प्रमिला मण्डल, सुनिता मेस्तरनी, मिना साह र पुष्पा यादवलाई कुटपिट गरी घाइते भएको बताएका छन् ।

प्रकाशित समय ०८:०७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु