गृहपृष्ठ सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले घट्यो
सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले घट्यो
नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला एक हजार रूपैयाँले वृद्धि भएको छ । बिहीबार प्रतितोला सुनको मूल्य ७५ हजार ५ सय रुपैयाँ कायम भएको छ ।
बुधबार सुनको मूल्य हालसम्मकै उच्च प्रतितोला ७६ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै तेजावी सुनको मूल्य प्रतितोला ७५ हजार २ सय रुपैयाँ कामय भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार तेजावी सुन प्रतितोला ७६ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
बिहीबार चाँदीको मूल्य पनि केही घटेको छ । बुधबारको तुलनामा चाँदी प्रतितोला २० रुपैयाँले घटेको हो । बिहीबार चाँदीको मूल्य प्रतितोला ९ सय रुपैयाँ तोकिएको छ । बुधबार नेपाली बजारमा चाँदी ९ सय २० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
प्रकाशित समय १२:४० बजे

















