गृहपृष्ठ ‘आर्थिक प्रणालीको सुदृढीकरणको लागि सूचना प्रविधि विधेयक आवश्यक’
‘आर्थिक प्रणालीको सुदृढीकरणको लागि सूचना प्रविधि विधेयक आवश्यक’
सरकारका प्रवक्ता तथा सूचना सञ्चारमन्त्री गोकुलप्रसाद बास्कोटाले आर्थिक प्रणालीको सुदृढीकरणको लागि सूचना प्रविधि विधेयक आवश्यक भएको बताएका छन् ।
बिहीबार सिंहदरबारमा सरकारका साप्ताहिक निर्णय सार्वजनिक गर्दै मन्त्री बास्कोटाले सूचना प्रविधि बिधेयकको आलोचना गर्नुभन्दा सबैले स्वीकार्नु पर्ने बताए । उनले भने, ‘यो विधयेकले सबैलाई फाइदा गर्छ ।, सबैले सुरक्षित भएको महशुस गर्नेछन् ।’
उनले सूचना प्रविधि विधेयकमा डिजिटलको कुरा र पेमेन्टको कुरा पनि भएको बताए । उनले भने, ‘यसमा अहिले मोबायलबाटै कुनै कुराको पेमेन्ट गर्नुपर्ने कुरा भएकोले पनि आर्थिक सुरक्षाको लागि निकै फाइदाजनक छ । यसमा डाटा सुरक्षाको पनि कुरा हुन्छ ।’
उनकाअनुसार सूचना प्रविधि विधेयकमा सामाजिक सञ्जालको कुरा बढी छ । यसमा सरकारले पेश गरेका ३६ वटा कुराहरु संसदमा ड्राफ्ट गर्यो । त्यसपछि विभिन्न प्रक्रियामा त्यो संसदमा पुग्यो । संसदले त्यसलाई छलफलका लागि शैद्धान्तिक छलफलका लागि मान्यता दियो । त्यसपछि विकास समितिमा पुगेर कार्यान्वयनको चरणमा छ ।
प्रकाशित समय १६:१८ बजे

















