गृहपृष्ठ अछामका २ विद्यालयमा गरियो विद्यालयस्तरीय संसदीय बहस
अछामका २ विद्यालयमा गरियो विद्यालयस्तरीय संसदीय बहस
अछामका २ वटा विद्यालयमा विद्यालयस्तरीय संसदीय बहस कार्यक्रम गरिएको छ । विद्यार्थीलाई संसदीय प्रणालीको बारेमा जानकारी गराउन बहस गराइएको हो ।
शुक्र र शनिबार नयाँ युवा नयाँ सोच नेपालको आयोजनामा जिल्लामै पहिलो पटक दुई सदनात्मक संसदीय प्रणालीमा आधारित माद्यमिक विद्यालयस्तरको बहस प्रतियोगिता गरिएको आयोजकका अध्यक्ष मुकुन्ददीप मडैले जानकारी दिए ।
साँफेबगर नगरपालिका, मंगलसेन नगरपालिका, चौरपाटी गाउँपालिका तथा बान्निगढी जयगड गाउँपालिकाको आर्थिक सहयोगमा २८ विद्यालयको सहभागिताका साथ साँफेबगर स्थित जनकल्याण माविमा बहस गराइएको थियो ।
प्रतियोगितामा साँफेबगरको महेन्द्र मावि विजेता बनेको छ भने चौरपाटीको शान्ति मावि, बान्नीगढीको ऐश्वर्य मावि र बिन्ध्यवासिनी मावि उप–विजेता बनेका छन् ।
सहभागी ५६ जना विद्यार्थीमध्ये यज्ञ बोगटी पहिलो, लक्ष्मी न्यौपाने दोस्रो र पुजा शाह तेस्रो स्थान प्राप्त गरेका छन् ।
प्रकाशित समय ०८:४२ बजे
















