गृहपृष्ठ आज प्रदेश २ मा सार्वजनिक विदा

आज प्रदेश २ मा सार्वजनिक विदा

प्रदेश २ मा आज (आइतबार) सार्वजनिक विदा दिइएको छ । मधेश आन्दोलनका सहिदहरुको सम्झनामा माघ ५ गते मनाइने बलिदानी दिवसको अवसरमा प्रदेश सरकारले विदा दिएको हो ।

प्रदेश सरकारले एक विज्ञप्ति जारी गर्दै आइतबार औपचारिक कार्यक्रम गरी बलिदानी दिवस मनाउने जनाएको छ ।

वीरगंजमा आयोजना हुने बलिदानी दिवस कार्यक्रममा प्रदेश सरकार मन्त्रीहरु, मधेश आन्दोलनका सहयात्री दलका नेताहरु, सहिद परिवार, नागरिक समाज बुद्धिजिवी सहितको सहभागिता रहने विज्ञप्तिमा जनाएको छ ।

प्रकाशित समय ०९:२७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु