गृहपृष्ठ विश्व क्रिकेट लिग डिभिजन- २ : ओमानद्वारा अमेरिकासामु २७७ रनको लक्ष्य प्रस्तुत
विश्व क्रिकेट लिग डिभिजन- २ : ओमानद्वारा अमेरिकासामु २७७ रनको लक्ष्य प्रस्तुत
विश्व क्रिकेट लिग डिभिजन- २ अन्तर्गत कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भइरहेको खेलमा ओमानले अमेरिकालाई २ सय ७७ रनको लक्ष्य दिएको छ । टस हारेर ब्याटिङ गरेको ओमानले निर्धारित ओभरमा ६ विकेट गुमाएर २ सय ७६ रन बनाएको हो ।
ओमानका लागि अकिब इलियाज र जिशन मक्सुदले शतक प्रहार गरे । अकिबले १२३ बलमा ११ चौका र १ छक्का प्रहार गरे । जिशनले भने १०९ बलमा १० चौका र ४ छक्का प्रहार गरे ।
ओमानका लागि ओडीआईमा शतक बनाउने मक्सुद दोस्रो खेलाडी बने । यसअघि नेपालविरुद्ध अकिब इल्यासले पहिलो ओडीआई शतक प्रहार गरेका थिए । उनै इल्यासले मंगलबार अमेरिकाविरुद्ध शतक प्रहार गर्दै लगातार दोस्रो शतक प्रहार गर्ने पहिलो ओमानी खेलाडी बने ।
अमेरिकाका लागि कप्तान नेत्रभाल्करले १० ओभरमा ३ मेडन राख्दै ३७ रन खर्चेर ३ विकेट लिए । यस्तै रस्टी थेरोनले १० ओभरमा ६० रन खर्चेर ३ विकेट लिए ।
यसअघि ओमानले नेपालसँगको दुई खेल र अमेरिकासँगको एक खेलमा विजयी हात पारिसकेको छ ।
प्रकाशित समय १३:४४ बजे

















