गृहपृष्ठ सुनको मूल्य फेरि नयाँ उचाइमा
सुनको मूल्य फेरि नयाँ उचाइमा
सुनको मूल्य नयाँ उचाइमा पुगेको छ । यसअघि उच्चतम मूल्य प्रतितोला ७६ हजार ५ सय रुपैयाँमा पुगेको सुनको मूल्य आज फेरि त्यही मूल्यमा पुगेको छ । सुन एकै दिनमा तोलामा ५ सय रुपैयाँले बढेर तोलाको ७६ हजार ५ सय पुगेको नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको छ ।
महासंघका अनुसार अमेरिका र इरानको तनावले बढेको सुनको भाउ तनाव मत्थर भएसँगै ओरालो लागेको सुनको मूल्य बढेर उचाइमा पुगेको हो ।
शुक्रबार प्रतितोला ७६ हजारमा कारोबार भएको सुन आज (आइतबार) ७६ हजार ५ सया रुपैयाँमा किनबेच भइरहेको छ । निरन्तर उकालो लागेर प्रतितोला ७६ हजार ५ सय रुपैयाँसम्म पुगेको सुनको मूल्य फेरी त्यही मूल्यमा पुगेको हो ।
यस्तै तेजावी सुन ७६ हजार २०० रुपैयाँमा कारोबार भएको छ । आइतबार चाँदी पनि ५ रूपैयाँले बढेर तोलामा ८८५ रुपैयाँमा कारोबार भएको छ ।
प्रकाशित समय १२:५१ बजे

















