गृहपृष्ठ विश्वकप छनोटका लागि ३१ सदस्यीय टोली घोषणा, विमल र किरण परेनन्

विश्वकप छनोटका लागि ३१ सदस्यीय टोली घोषणा, विमल र किरण परेनन्

भुटानमा नेपाली टोली (फाइल तस्बिर) ।

राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक योहान कालिनले चैतमा हुने विश्वकप २०२२ तथा एएफसी एसियन कप २०२३ छनोटअन्तर्गत अस्ट्रेलिया विरुद्धको खेलका लागि ३१ सदस्यीय प्रारम्भिक टोलीको नाम तयार पारेका छन् ।

घरेलु फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता ‘ए’ डिभिजन लिग सकिएलगत्तै स्वीडिस प्रशिक्षक कालिनले प्रारम्भिक टोलीलाई प्रशिक्षणमा बोलाएका हुन् । टोलीमा राष्ट्रिय टिमबाट खेलिसकेका, नियमित सदस्य र नवप्रवेशी समेटिएका छन् ।

अस्ट्रेलियाविरुद्ध क्यानाबेरामा गत असोजमा भएको पहिलो लेगमा ५-० को पराजय बेहोरेको नेपालले चैत १८ गते घरेलु मैदानमा उही टोलीको सामना गर्दैछ ।

अस्ट्रेलियाविरुद्धको खेलअघि नेपालले चैत १३ गते सोही छनोटअन्तर्गत चाइनिज ताइपेइसँग खेल्ने छ। यसअघिका पाँचमध्ये ४ खेलमा पराजित नेपालले चाइनिज ताइपेइलाई २-० ले पराजित गरेको थियो ।

कुवेतविरुद्धको खेलका लागि भुटान जाने अघिल्लो रात डिस्को गएका कारण अनुशासन उल्लंघनको कारबाही भोगेकामध्ये अन्जन विष्ट मात्र टोलीमा परेका छन् । विष्टसहित दिनेश राजवंशी, सन्तोष तामाङ, विमल घर्ती मगर राष्ट्रिय टोलीबाट निलम्बनमा परेका थिए । यसअघिका नियमित गोलरक्षक किरण चेम्जोङ पनि योपटक टोलीमा परेनन् ।

गोलकिपर :

विकेश कुथु, विशाल श्रेष्ठ, एलन न्यौपाने ।

रक्षक :

रजिन धिमाल, सुमन अर्याल, अमित तामाङ, सरोज दाहाल, अजित भण्डारी, छिरिङ गुरुङ, विकाश खवास, अनन्त तामाङ, देवेन्द्र तामाङ, दिलेन लोक्ताम ।

मिडफिल्डर :

विशाल राई ‘बी’, सेसेहाङ आङ्देम्बे, तेज तामाङ, विक्रम लामा, सुवास गुरुङ, मिक्चेन तामाङ, पुजन उपरकोटी, एरिक विष्ट, सुजल श्रेष्ठ, रवि पासवान, सुनिल बल, अञ्जन विष्ट ।

फरवार्ड :

जर्जप्रिन्स कार्की, दर्शन गुरुङ, भरत खवास, नवयुग श्रेष्ठ, आशिष लामा, विमल राना ।

प्रकाशित समय १४:१८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु