गृहपृष्ठ चीनबाट ल्याइएका सबै नेपाली ‘सकुशल’
चीनबाट ल्याइएका सबै नेपाली ‘सकुशल’
चीनबाट फर्किएका सबै नेपाली सकुशल रहेको पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोनाको लक्षण चीनबाट आएका कुनै पनि नेपालीमा नदेखिएको हो ।
संकलित र्याल परीक्षणका लागि टेकुस्थित राष्ट्रिय प्रयोगशालामा पठाइए पनि सबै सकुशल रहेको मन्त्रालयले जनाएको छ । चीनमा कोरोनाको संक्रमण व्यापक भएपछि चीनमा रहेका नेपालीलाई फागुन ४ गते उद्धार गरेर भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा राखिएको छ ।
नोबेल कोनोरा भाइरसको संक्रमणबाट करिब १८ सयको ज्यान गएको छ भने ७० हजारभन्दा बढी सो भाइरससँग लडिरहेका छन् ।
प्रकाशित समय ०७:५४ बजे

















