गृहपृष्ठ महरालाई संसद बैठकमा सहभागी हुन बाटो खुल्यो
महरालाई संसद बैठकमा सहभागी हुन बाटो खुल्यो
जबरजस्ती करणी प्रयासको अभियोगबाट सफाइ पाएका पूर्वसभामुख कृष्णबहादुर महराले अब संसद बैठकमा सहभागी हुन पाउने भएका छन् ।
मंगलबार काठमाडौंं जिल्ला अदालतले प्रतिनिधिसभा सदस्य महराले मुद्दामा सफाइ पाएको जानकारी सहितको पत्र संसद सचिवालयमा पठाएको छ । पत्रको जानकारीसँगै महराले अब रोकिएको सेवा सुविधासमेत प्राप्त गर्नेछन् ।
काठमाडौं जिल्ला अदालतले सोमबार महरा निर्दोष रहेको ठहर गरेको थियो । त्यसलगत्तै उनी डिल्लीबजार कारागारबाट छुटेका थिए । करिब साढे चार महिनाअघि उनीविरुद्ध जबरजस्ती करणी प्रयास गरेको मुद्दा दायर भएपछि उनी सभामुख पदबाट निलम्बित भएका थिए ।
प्रकाशित समय १४:२४ बजे

















