गृहपृष्ठ सञ्चारमन्त्रीको राजीनामा माग्दै कांग्रेसद्वारा राष्ट्रियसभा बैठक अवरूद्ध

सञ्चारमन्त्रीको राजीनामा माग्दै कांग्रेसद्वारा राष्ट्रियसभा बैठक अवरूद्ध

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाको कमिसनबारे सार्वजनिक भएको अडियो टेपलाई लिएर नेपाली कांग्रेसले राष्ट्रियसभाको बैठकमा अवरोध गरेको छ ।

बैठकमा नेपाली कांग्रेसको तर्फबाट बोल्दै जितेन्द्र देवले सञ्चारमन्त्रीलाई बर्खास्त गर्नुपर्ने माग राखे ।  छानबिन समिति बनाए सत्यतथ्य पत्ता लगाइ सो प्रकरणबारे प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिनुपर्ने सांसद देवले माग राखे ।

‘सेक्युरिटी प्रेस खरिद प्रकरणमा सञ्चार तथा सूचना प्रविधिमन्त्रीको कमिसन माग्दै गरेको अडियो टेप सार्वजनिक भएको छ । प्रधानमन्त्रीजी साँच्चै नै शून्य भ्रष्टाचारको पक्षमा हुनुहुन्छ भने अविलम्ब सञ्चार तथा सूचना प्रविधि मन्त्रीलाई बर्खास्त गर्नुपर्छ,’ सांसद देवले भने । त्यसलगत्तै कांग्रेस सांसदहरु आ-आफ्नो स्थानमा उभिएर राष्ट्रियसभा बैठक अवरुद्ध गरेका छन् ।

अर्को बैठक फागुन १५ गते बस्ने भएको छ ।

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका लागि स्वीस एजेन्टसँग भएको कुराकानीमा सञ्चारमन्त्री बाँस्कोटाले कमिसनबारे कुराकानी गरेको अडियो सार्वजनिक भएको थियो । अडियोमा एजेन्टले मन्त्रीलाई ५४/५५ करोड आउने बताएका छन् ।

 

 

प्रकाशित समय १३:५९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु