गृहपृष्ठ ‘दोस्रो कर्णाली एक्स्पो- २०७६’ (फोटो फिचर)
‘दोस्रो कर्णाली एक्स्पो- २०७६’ (फोटो फिचर)
६ लाख दर्शकले अवलोकन गर्ने अनुमान
‘दोस्रो कर्णाली एक्स्पो- २०७६’ मंगलबारदेखि वीरेन्द्रनगरमा सुरु भएको छ । एक्स्पोको नारा ‘समृद्ध कर्णालीको दिगो आर्थिक विकासको आधार ! अर्गानिक कृषि, पर्यटन, जलस्रोत र उद्योग हुन् पुर्वाधार !!’ रहेको छ ।
कर्णाली प्रदेशको भूमि व्यवस्था तथा कृषि, सहकारी मन्त्रालयको मुख्य आयोजना तथा सुर्खेत उद्योग वाणिज्य संघको आयोजनामा सञ्चालन गरिएको एक्स्पो १७ गतेसम्म चल्नेछ । एक्स्पोमा परम्परागत सीप तथा स्थानीय उत्पादन र मनोरञ्जनका पाँच सय व्यवसायिक स्टल रहेका छन् । प्रवेशद्वारका रुपमा बनाइएको नमूना ‘लण्डन ब्रिज’ अवलोकनकर्ताको आकर्षणमा परेको छ । ६ लाख दर्शकले एक्स्पोको अवलोकन गर्ने आयोजकको अनुमान छ ।

प्रकाशित समय १३:३० बजे

















