गृहपृष्ठ बाँस्कोटालाई हुन सक्छ २५ करोड जरिवाना र ८ वर्ष कैद
बाँस्कोटालाई हुन सक्छ २५ करोड जरिवाना र ८ वर्ष कैद
फाइल तस्बिर ।
काभ्रेको धुलिखेलमा सेक्युरिटी प्रेस स्थापना गर्न स्विस कम्पनीसँग कमिसन मागेको अडियो सार्वजनिक भएपछि राजीनामा दिएका पूर्व सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटालाई भ्रष्टाचारको कसुरका लागि उद्योग गरेको ठहर भए आठ वर्षसम्म कैद र २५ करोड ४५ लाख रूपैयाँसम्म जरिवाना हुनसक्ने भएको छ । भ्रष्टाचार निवारण ऐन २०५९ को दफा २१ अनुसार भ्रष्टाचारको सजाय हुने कसुर गर्ने उद्योग गर्नेलाई आधा सजाय हुने व्यवस्थाअन्तर्गत उनलाई सो सजाय हुनेछ ।
अडियोमा प्राप्त ७४ करोडको ७० प्रतिशत अर्थात् ५१ करोड ९० लाख उनले कमिसन पाउने भएपछि त्यसको आधा अर्थात् २५ लाख ४५ हजार रुपैयाँ जरिवाना हुनसक्छ । भ्रष्टाचार निवारण ऐनको परिच्छेद २ को दफा ३ अनुसार एक करोड रुपैयाँभन्दा बढी भ्रष्टाचारको कसुर ठहर भए बिगोबमोजिम जरिवाना र ८ देखि १० वर्षसम्म सजाय हुने व्यवस्था छ । ऐनको दफा २१ अनुसारको व्यवस्था बाँस्कोटाको हकमा आकर्षित हुनेछ । त्यो भनेको कुल सजायको आधा हो ।
तर, ऐनको दफा २४ मा भएको थप सजायसम्बन्धी व्यवस्थाका कारण बाँस्कोटाले भ्रष्टाचारको कसुरका लागि उद्योग गरेको ठहर भए थप तीन वर्ष कैद सजाय हुने व्यवस्था छ ।
(यसअघि २७ करोड हुन गएकोमा सच्याइएको छ । सम्पादक)
प्रकाशित समय १०:४३ बजे
















