गृहपृष्ठ एमसिसी यत्तिकै पारित नगर्न कार्यदलको सुझाव
एमसिसी यत्तिकै पारित नगर्न कार्यदलको सुझाव
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका वरिष्ठ नेता झलनाथ खनाल नेतृत्वको कार्यदलले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) यत्तिकै पारित नगर्न सुझाव दिएको छ । कार्यदलले एमसिसीका केही बुँदा संशोधन गर्न सुझाव दिँदै प्रतिवेदन बुझाउन लागेको हो । प्रतिवेदन आजै साँझ अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बुझाउन लागिएको छ ।
नेकपाको माघ १९ गते बसेको केन्द्रीय कमिटी बैठकले एमसीसी अनुदान प्रस्तावबारे अध्ययन गर्न कार्यदल गठन गरेको थियो । कार्यदलले १० दिनको समय पाए पनि प्रतिवेदन तयार नभएपछि १० दिन लिएर प्रतिवेदन बुझाउन लागेको हो ।
प्रकाशित समय १७:२६ बजे

















