गृहपृष्ठ कांग्रेस सरकारमा आएको दिन दमन गर्ने प्रहरीको फुली खोस्छौं : नेविसंघ नेता
कांग्रेस सरकारमा आएको दिन दमन गर्ने प्रहरीको फुली खोस्छौं : नेविसंघ नेता
नेपाल विद्यार्थी संघका अध्यक्ष राजीव ढुंगानाले नेपाली कांग्रेस सरकारमा आएको दिन शान्तिपूर्ण प्रदर्शनमा दमन गर्ने प्रहरी अधिकृतको फुली खोस्ने चेतावनी दिएका छन् । नेपाल कम्युनिस्ट पार्टी नेकपाका नेता गोकुलप्रसाद बाँस्कोटामाथि कानुनी कारबाहीको माग गर्दै नेविसंघले गरेको शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले दमन गरेपछि उनले यस्तो चेतावनी दिएका हुन् ।
प्रहरीले बिहीबार गरेको धरपकडको विरोधमा शुक्रबार आयोजित कोणसभामा अध्यक्ष ढुंगानाले भने, ‘फुली थपिने आशामा छात्रामाथि पुरुष सुरक्षाकर्मी लगाएर लाठीचार्ज ? कति बहादुर डीएसपी ।कांग्रेस सरकारमा आएको दिन तपाईंको फुली खोस्छौं ।’
कोणसभालाई सम्बोधन गर्दै महामन्त्री मनोज वैद्यले शान्तिपूर्ण विरोध प्रदर्शनमा ज्यादति गरे नेविसंघ जस्तोसुकै आन्दोलन गर्न तयार रहेको बताए ।
प्रकाशित समय १७:४३ बजे
















