गृहपृष्ठ हिमालय एयरलाइन्सको काठमाडौँ-दोहा उडान स्थगित
हिमालय एयरलाइन्सको काठमाडौँ-दोहा उडान स्थगित
हिमालय एयरलाइन्सले काठमाडौँ-दोहा उडान तत्कालका लागि स्थगित गरेको छ । कतारले कोरोनाभाइरस (कोभिड-१९) को संक्रमण जोखिमलाई न्यूनीकरण गर्न नेपालसहित १४ मुलुकका नागरिकलाई प्रवेश गर्न अस्थायी प्रतिबन्ध लगाएसँगै हिमालय एयरलाइन्सले सो निर्णय गरेको हो ।
कतारको निर्णयसँगै राजधानी दोहा सीधा उडान गर्ने अन्य नेपाली विमान कम्पनीहरुको सेवा पनि प्रभावित हुने भएको छ । सरकारी विमान सेवा कम्पनी नेपाल वायुसेवा निगमले पनि मंगलबार सेवा स्थगनको निर्णय लिन भएको छ ।
कतारमा दैनिक ३५० भन्दा बढी नेपाली कामदार जाने गरेका थिए । कतार सरकारको पछिल्लो निर्णयपछि श्रमस्वीकृति लिइसकेका कामदार पनि जान नपाउने भएका छन् ।
प्रकाशित समय ०७:५९ बजे

















