गृहपृष्ठ सुन प्रतितोला ८२ हजार ७ सय
सुन प्रतितोला ८२ हजार ७ सय
सुनको मूल्यले मंगलबार नयाँ उचाइ पाएको छ । मंगलबार छापावाल सुन २०० रूपैयाँ बढेर प्रतितोला ८२ हजार ७०० रुपैयाँ पुगेको हो । त्यस्तै तेजावी सुनको मूल्य ८२ हजार ४०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
चाँदीको मूल्य भने शुक्रबारको तुलनामा प्रतितोला १० रुपैयाँले घटेर ८८० रुपैयाँ कायम भएको छ । फागुन २३ गते तोलामा एकैपटक १८ सय रुपैयाँले बढेको सुन केही दिन स्थिर देखिएको थियो । मूल्य उच्च भएपछि नेपाली बजारमा सुन बिक्री ह्वात्तै घटेको छ । गत वर्ष फागुनमा दैनिक ३५ किलो हाराहारी सुन बिक्दै आएकोमा अहिले १०‑१२ किलोमात्र बिक्दै आएको व्यवसायीहरुले बताएका छन् ।
प्रकाशित समय ११:३२ बजे

















