गृहपृष्ठ लोकसेवा सहयोगी प्रश्नोत्तर (भाग ३३)
लोकसेवा सहयोगी प्रश्नोत्तर (भाग ३३)
'मानिसको घर' भनेर कुन महादेशलाई चिनिन्छ ?
१. अमुर नदी कुन-कुन देशको सिमाना नदी हो ?
– रुस र चीन
२. महमा सबैभन्दा बढी पाइने तत्व कुन हो ?
– फुक्टोस (३८.२ प्रतिशत)
३. सरकारले क्षतिपूर्तिसहितको नागरिक वडापत्र कहिलेदेखि लागू गरेको हो ?
‑ २०७० साल वैशाख २
४. जैविक विविधता दिवस कहिले मनाइन्छ ?
‑ मे २२
५. लोकसेवा आयोगको लोगो तयार गर्ने व्यक्ति को हुन् ?
‑ माधव रेग्मी
६. इन्टरपोलको प्रधान कार्यालय कहाँ छ ?
‑ लियोन, फ्रान्स
७. मेची नदीको उद्गमस्थल कहाँ हो ?
‑ लालिखर्क
८. सार्क राष्ट्रमध्ये काठमाडौंबाट सबैभन्दा टाढा रहेको राजधानी कुन हो ?
‑ माले
९. सार्क सचिवालयको कुल खर्चको नेपालले कति प्रतिशत रकम व्यहोर्छ ?
‑ १०.७२ प्रतिशत
१०. विश्वमा सबैभन्दा बढी विप्रेषण भित्र्याउने मुलुक कुन हो ?
‑ भारत
११. विश्वको सबैभन्दा पुरानो खेल कुन हो ?
‑ पोलो
१२. ‘मानिसको घर’ भनेर कुन महादेशलाई चिनिन्छ ?
‑ एसिया
१३. दूधको शुद्धता परीक्षण गर्ने यन्त्रलाई के भनिन्छ ?
‑ ल्याक्टोमिटर
१४. सन् १९९२ मा भएको पृथ्वी सम्मेलनसँग सम्बन्धित नभएको एजेन्डा कुन हो ?
‑ ग्लोबल ५००
१५. भीमसेन थापाले निर्धारण गरेको जग्गाको किसिम कुन हो ?
‑ हले, पाटे, कोदाले
१६. सरकारी सूचना वर्गीकरण समितिको अध्यक्ष को हुन्छ ?
‑ मुख्य सचिव
१७. विश्व रक्तदान दिवस कहिले पर्छ ?
‑ जुन १४
१८. अविरल बग्दछ इन्द्रावती उपन्यासका लेखक को हुन् ?
‑ रमेश विकल
१९. सात प्रदेशमा क्रमशः ८, ९, १०, ११, १२, १३ र १४ जिल्ला पर्छन्, प्रदेश नम्बर अनुसार मिलाउँदा यसको सही क्रम कस्तो हुन्छ ?
‑ २, ७,६, ४, ५, ३, १
२०. सौर्य बतासको बेग प्रतिसेकेन्ड कति हुन्छ ?
‑ करिब ५०० किमी
प्रकाशित समय ११:१६ बजे















