गृहपृष्ठ आहा रारा गोल्डकप : थ्रीस्टारलाई स्तब्ध पार्दै पुलिस उपाधिनजिक
आहा रारा गोल्डकप : थ्रीस्टारलाई स्तब्ध पार्दै पुलिस उपाधिनजिक
१८औं संस्करणको आहा रारा गोल्डकपमा नेपाल पुलिस फाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा बुधबार भएको खेलमा साविक विजेता थ्रीस्टार क्लबमाथि सहज जित निकाल्दै पुलिस उपाधिनजिक पुगेको हो ।
पहिलो सेमिफाइनलमा विभागीय टिम नेपाल पुलिसका भरत शाहले खेलको ८औं मिनेटमा गोल गर्दै खाता खोलेका थिए । उनले रवि पासवानको क्रस पासमा अशोक खवासलाई बिट गर्दै वान टचमा गोल गरे । ५१औं मिनेटमा नीर कुमार राईले गोल गर्दै पुलिसको अग्रता दोब्बर बनाए । थ्रीस्टारका कप्तान विक्रम लामाले बल अघि बढाउँदै गरेको प्रहारलाई थ्रीस्टारका गोलरक्षक पूर्ण चेम्जोङको हातमा लागेर गोलमा परिणत भएको थियो ।
६३औं मिनेटमम अशोक खवासको क्रसमा सन्जोक राईले गरेको प्रहार गोलरक्षक रोशन खड्काले पञ्च गर्दै बचाएका थिए । तेज तामाङको पासमा अनमार्क रहेका निरकुमार राईले गोल थप्दै ३-० को अन्तरले पुलिसको जित पक्का गरे ।

थ्रीस्टारले आहा राराको पाँचौ, नवौं, ११औं, १३ औं र १७औं सस्करणको उपाधि उचाली सकेको छ । नेपाल पुलिस क्लब पनि पहिलो, छैटौं, सातौं, आठौं, १६औं सस्करणको विजेता हो ।
बिहीबार दोश्रो सेमिफाइनलअन्तर्गत साविक उपविजेता त्रिभुवन आर्मी क्लब र मनाङ मर्स्याङ्दीबीच खेल हुनेछ ।
प्रकाशित समय १९:१७ बजे
















