गृहपृष्ठ कोरोनाको कहर : अमेरिकामा राष्ट्रिय संकटकाल घोषणा

कोरोनाको कहर : अमेरिकामा राष्ट्रिय संकटकाल घोषणा

चीनबाट विश्वभर फैलिएको नोबेल कोरोना भाइरसका कारण संयुक्त राज्य अमेरिकामा राष्ट्रिय अपतकाल घोषणा गरेको छ ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकाभर कोरोना भाइरसको प्रकोप बढिरहेको अवस्थामा राष्ट्रिय अपतकाल घोषणा गरेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

मार्च १३ तारिक शुक्रबार अपरान्ह ह्वाइटहाउसमा एक पत्रकार सम्मेलन गर्दै राष्ट्रपति ट्रम्पले यस्तो घोषणा गरेका हुन् ।

अमेरिकामा कोरोना भाइरसको नियन्त्रणका लागि ५० बिलियन अमेरिकी डलर रकम तत्कालका लागि छुट्याएको घोषणा पनि गरेका छन् ।

उनको घोषणाअनुसार, अमेरिकाले तत्कालदेखि प्रभावकारी आपतकालीन अपरेशन सुरु गर्नेछ । उनले गुगलमार्फत सक्रियरुपमा कोरोना भाइरस संक्रमित भए नभएको परिक्षण गर्ने जानकारी पनि दिएका छन् । (एजेन्सी)

प्रकाशित समय ०८:०५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु