गृहपृष्ठ जिल्ला समन्वय समिति कास्कीको पहलमा लोकसेवा कक्षा सञ्चालन

जिल्ला समन्वय समिति कास्कीको पहलमा लोकसेवा कक्षा सञ्चालन

जिल्ल समन्वय समिति कास्कीले निजामती सेवामा प्रवेश गर्न चाहने मीहला परीक्षार्थीका लागि तयारी कक्षा सञ्चालन गरेको छ । सामाजिक विकास मन्त्रालय गण्डकी प्रदेशको सहयोगमा बुधबारदेखि परीक्षा तयारी कक्षा सुरु भएको हो । तयारी कक्षामा मनाङबाहेक १० जिल्लाका ६४ प्रशिक्षार्थी सहभागी छन् ।

लोक सेवा आयोगले फागुन २८ गते प्रकाशित राजपत्र अनंकित चौथो तहको विज्ञापनलाई लक्षितगरी सञ्चालित तयारी कक्षा १५ दिन चल्नेछ । परीक्षार्थीका लागि तयारी कक्षा सञ्चालनले महिलालाई निजामती कर्मचारीमा बढी सहभागी गराउन सहज हुने विश्वास लिइएको जिल्ला समन्वय समिति कास्कीले जनाएको छ । संविधानले हरेक क्षेत्रमा महिलाको ३३ प्रतिशत सहभागिता सुनिश्चित गरे पनि निजामती कर्मचारीतर्फ हाल २५ प्रतिशतमात्र महिला सहभागिता छ । लोक सेवा आयोग उत्तीर्ण गरी राष्ट्रसेवामा योगदान पुर्‍याउँदै आएका विज्ञहरुले सहभागी प्रशिक्षार्थीलाई सहजीकरण गर्नेछन् ।

प्रकाशित समय १२:३९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु