गृहपृष्ठ रोकिएन कोरोना : विश्वमा ४७ हजार २४५ को मृत्यु, ९ लाख ३६ हजार ५० संक्रमित
रोकिएन कोरोना : विश्वमा ४७ हजार २४५ को मृत्यु, ९ लाख ३६ हजार ५० संक्रमित
सबैभन्दा बढी इटालीले १३ हजार १५५ नागरिक गुमायो
कोभिड- १९ नाम दिइएको प्राणघातक कोरोना भाइरस संक्रमणबाट विश्वभरीमा ज्यान गुमाउनेको संख्या ४७ हजार २४५ पुगेको छ । पछिल्लो विवरणअनुसार संंसारभरि नौ लाख ३६ हजार ५० जना कोरोना भाइरसबाट संक्रमित भएका विश्व स्वास्थ्य संगठनले आज सार्वजनिक गरेकोे छ ।
चीनको हुबे प्रान्तको उहान सहरबाट सुरु भएको कोभिड-१९ लाई विश्व स्वास्थ्य संगठनले ‘विश्वव्यापी महामारी’को संज्ञा दिएको छ । सोहीबमोजिम सतर्कता अपनाउन पनि विश्व स्वास्थ्य संगठनले विश्वका सबै देशका नागरिकलाई आग्रह गर्दै आएको छ । यद्यपि इटाली र स्पेन यस भाइरसका कारण भयावह स्थिति भएको छ ।
सर्वाधिक प्रभाव परेका १० मुलुकको पछिल्लो परिदृश्य
इटालीमा १ लाख १० हजार ५७४ कुल संक्रमित भएका छन् भने, १३ हजार १५५ को मृत्यु भएको छ । यसैबीच १६ हजार ८४७ निको भएर फर्किएका छन् ।
स्पेनमा १ लाख ४ हजार ११८ कुल संक्रमित भएका छन् भने, नौ हजार ३८७ को मृत्यु भएको छ । यसैबीच २२ हजार ६४७ निको भएर फर्किएका छन् ।
संयुक्तराज्य अमेरिकामा २ लाख १५ हजार ३०० कुल संक्रमित भएका छन् भने, पाँच हजार ११० को मृत्यु भएको छ । यसैबीच ८ हजार ८७८ निको भएर फर्किएका छन् ।
फ्रान्समा ५६ हजार ९८९ कुल संक्रमित भएका छन् भने, चार हजार ३२ को मृत्यु भएको छ । यसैबीच १० हजार ९३५ निको भएर फर्किएका छन् ।
चीनमा ८१ हजार ५५४ कुल संक्रमित भएका छन् भने, तीन हजार ३१२ को मृत्यु भएको छ । यसैबीच ७६ हजार २३८ निको भएर फर्किएका छन् ।
इरानमा ४७ हजार ५९३ कुल संक्रमित भएका छन् भने, ३ हजार ३६ को मृत्यु भएको छ । यसैबीच १५ हजार ४७३ निको भएर फर्किएका छन् ।
बेलायतमा २९ हजार ४७४ कुल संक्रमित भएका छन् भने, २ हजार ३५२ को मृत्यु भएको छ । यसैबीच १३५ निको भएर फर्किएका छन् ।
नेदरल्यान्ड्समा १३ हजार ६१४ कुल संक्रमित भएका छन् भने, एक हजार १७३ को मृत्यु भएको छ । यसैबीच २५० जना निको भएर फर्किएका छन् ।
जर्मनीमा ७७ हजार ९८१ कुल भएका छन् भने, ९३१ को मृत्यु भएको छ । यसैबीच १८ हजार ७०० निको भएर फर्किएका छन् ।
बेल्जियममा १३ हजार ९६४ कुल संक्रमित भएका छन् भने, ८२८ को मृत्यु भएको छ । यसैबीच २ हजार १३२ निको भएर फर्किएका छन् ।
प्रकाशित समय १२:१८ बजे

















