गृहपृष्ठ स्वास्थ्य सामग्री खरिदको जिम्मा सेनालाई दिने तयारी
स्वास्थ्य सामग्री खरिदको जिम्मा सेनालाई दिने तयारी
सरकारले काेराेना भाइरसकाे उपचारमा चाहिने स्वास्थ्य सामग्री खरिदकाे जिम्मा नेपाली सेनालाई दिने तयारी गरेकाे छ । भ्रष्टाचार र अनियमितताको आरोप लागेपछि सरकारले यस अघिको ठेक्का प्रक्रिया रद्द गरेकाे थियाे ।
उपचारका लागि अत्यावश्यक सामग्री खरिदको जिम्मेवारी सेनालाई दिने विषयमा छलफल भइरहेकाे बताइएकाे छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव, स्वास्थ मन्त्रालयका चिकित्सकलगायत उच्च अधिकारीको बैठक सेनाको मुख्यालयमा बसिरहेको स्रोतले बताएकाे छ ।
स्राेतका अनुसार, सम्भव भए बिहीबार नै यसबारे निर्णय हुनेछ ।
प्रकाशित समय १८:४७ बजे

















