गृहपृष्ठ कोरोना महामारी रोक्न विप्लव माओवादीको १६ बुँदे सुझाव र ६ बुँदे प्रतिबद्धता
कोरोना महामारी रोक्न विप्लव माओवादीको १६ बुँदे सुझाव र ६ बुँदे प्रतिबद्धता
सरकारले संक्रमण रोक्न र जनतालाई आश्वस्त बनाउन नसकेको आरोप
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वकाे नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले महामारीका रूपमा संसारभर फैलिरहेको कोरोना भाइरस (कोभिड- १९) को संक्रमण रोक्न र जनतालाई आश्वस्त बनाउन सरकारले नसकेको आरोप लगाएकाे छ । शनिबार विज्ञप्ति जारी गर्दै नेकपाले प्रकोप रोक्न आफ्नो पार्टी सबैसँग सहकार्य गर्न तयार रहेकाे बताएकाे छ ।
विप्लव माओवादीले कोरोना महामारीबाट जनतालाई जोगाउन सरकारलाई १६ बुँदे सुझाव दिँदै पार्टीले गर्ने ६ कार्यको सूची पनि प्रस्तुत गरेकाे छ । । कोरोना सङ्क्रमणले जनता आकुलव्याकुल भएको समयमा पनि सरकारी स्तरबाट भएको भ्रष्टाचारको भन्डाफोर जारी राखिने स्पष्ट पार्दै महासचिव विप्लवले आउने सम्भावित असहज परिस्थितिको सामनाका लागि सचेत रहन पनि पार्टी पंक्तिलाई सचेत गराएका छन् ।
हेर्नुहोस् विप्लव नेकपाको विज्ञप्ति :

प्रकाशित समय १८:१२ बजे
















