गृहपृष्ठ इटालीमा १५ हजार ३६२ जनाको मृत्यु, अमेरिकामा संक्रमणको संख्या तीन लाख नाघ्यो

इटालीमा १५ हजार ३६२ जनाको मृत्यु, अमेरिकामा संक्रमणको संख्या तीन लाख नाघ्यो

विश्वभर महामारीको रुपमा फैलिएको भाइरसका कारण इटालीमा ज्यान गुमाउनेको संख्या १५ हजार ३६२ पुगेको छ । त्यस्तै संक्रमणको संख्या एक लाख २४ हजार ६३२ पुगेको छ ।

एकै दिनमा मात्रै इटालीमा ६८१ जनाको ज्यान गएको छ भने चार हजार ८०५ जनामा नयाँ संक्रमण देखिएको छ । त्यस्तै २० हजार ९९६ जनालाई उपचारपछि सञ्चो भएको छ ।

अहिलेसम्म सबैभन्दा बढी अमेरिकामा संक्रमण देखिएको छ । गएको २४ घण्टामा मात्रै ३३ हजार १२५ जनामा देखिएको छ । त्यस्तै एकै दिन एक हजार ४८ जनाको ज्यान गएको छ । यो समाचार तयार पार्नसम्म अमेरिकामा तीन लाख १० हजार २८६ जनामा संक्रमण देखिएको छ ।

अहिलेसम्म ज्यान गुमाउनेको संख्या आठ हजार ४५२ जनाको ज्यान गएको छ भने १४ हजार ७४१ जनाको सफल ृउपचार भएको छ ।

प्रकाशित समय ०६:५३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु