गृहपृष्ठ आज अमेरिकी डलरको भाउ स्थिर, अन्य देशको कति ? (सूचीसहित)

आज अमेरिकी डलरको भाउ स्थिर, अन्य देशको कति ? (सूचीसहित)

आज आइतबार अमेरिकी डलरको भाउ स्थिर रहेको छ । एक डलरको खरिददर १२१ रुपैयाँ ५८ पैसा तथा बिक्रिदर १२२ रुपैयाँ १८ पैसा रहेको छ । यो मूल्य हिजो शनिवार पनि यति नै थियो ।

आइतबार युके पाउण्ड स्ट्रलिङ पनि स्थिर रहेको छ । युके पाउण्डको एकको खरिददर १४९ रुपैयाँ ३६ पैसा र बिक्रिदर १५० रुपैयाँ १० पैसा रहेको छ ।

त्यस्तै साउदी रियाल एकको खरिददर ३२ रुपैयाँ ३२ पैसा रहेको छ भने बिक्रिदर ३२ रुपैयाँ ४८ पैसा रहेको छ । त्यस्तै यूरोपियन यूरो एकको खरिददर १३१ रुपैयाँ १५ पैसा तथा बिक्रिदर १३१ रुपैयाँ ८० पैसा रहेको छ ।

कतारी रियालको एकको खरिद दर ३३ रुपैयाँ १५ पैसा रहेको छ भने बिक्रिदर ३३ रुपैयाँ ३२ पैसा रहेको छ । युएई दिराम एकको खरिददर ३३ रुपैयाँ १० पैसा छ भने बिक्रिदर ३३ रुपैयाँ २६ पैसा रहेको छ ।

प्रकाशित समय ०७:१९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु