गृहपृष्ठ वीरगञ्जबाट कैलाली आएकी ६५ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि

वीरगञ्जबाट कैलाली आएकी ६५ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि

कैलालीमा थप एक जना कोरोना भाइरसको संक्रमित व्यक्ति फेला परेका छन् । लम्कीचुहा नगरपालिका- १ की ६५ वर्षीया महिलामा संक्रमण पुष्टि भएको छ । योसहित नेपालमा संक्रमितकाे संख्या १३ पुगेकाे छ ।

र्‍यापिड टेस्ट गर्दा सो महिलामा कोरोना पोजिटिभ देखिएपछि पीसीआर मेसिनबाट थप परीक्षणका लागि उनको स्वाब नमूना सेती प्रादेशिक अस्पतालमा पठाइएको थियो ।

वीरगञ्ज नाकामा चिया पसल गर्ने उनी लकडाउनका कारण समस्यामा परेपछि १७ चैतमा लम्की आएकी थिइन् । उनलाई लम्की वहुमुखी क्याम्पसको करेन्टाइनमा राखिएको थियो ।

पीसीआर प्रविधिबाट परीक्षण गर्दा पनि उनमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको सेती प्रादेशिक अस्पतालका प्रवक्ता एवं इमर्जेन्सी विभाग प्रमुख डा. जगदीश जोशीले न्युज कारोबारलाई बताए । ‘१९ जनाको स्वाब काठमाडाैं लगिएको हो । त्यसमध्ये एक जनाकाे रिपाेर्ट पाेजेटिभ आएकाे जानकारी प्राप्त भएकाे छ,’ उनले भने ।

यसअघि कोरोनाभाइरसको संक्रमण पुष्टि भएको २१ वर्षीय युवा पनि लम्कीचुहा नगरपालिकाकै हुन् ।

प्रकाशित समय १२:४५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु