गृहपृष्ठ भौतिक दूरी कि सामाजिक दूरी ?
भौतिक दूरी कि सामाजिक दूरी ?
कोरोना एक भाइरस हो ! कोबिड १९ एक रोग हो ! आज हामी चौबिसौँ दिन लक डाउन अवस्थमा छौँ भने नेपाली र भारतीय गरी ३१ जना कोरोना संक्रमित भेटिएको अवस्था छ ! वास्तविक सामाजिक दूरी के हो ? यो महामारी नियन्त्रण योजनामा कत्तिको महत्वपूर्ण छ भन्ने विषय यहाँ थोरै प्रस्ट्याउने प्रयास गरिएको मात्रै हो ।
महामारीलाई एक सरल, राम्रो-मिश्रित साधारण भिन्न‑भिन्न समीकरण मोडेलद्वारा वर्णन गरिएको पाइन्छ । बेलायतमा सन् १६६५ को प्लेगको महामारीमा सर आइ ज्याक न्युटन सामाजिक दूरी कायम गरेर बसेका बेला नै बगैँचातिर निस्केर स्याउको फेदमुनि बस्दा गुरुत्वाकर्षण शक्तिको सिद्धान्त प्रतिपादन गरेका थिए । सामाजिक दूरी पब्लिक हेल्थसँग वर्षौं‑वर्षदेखि जोडिएको र अनुसन्धान गरिएको विषय हो । सामाजिक दूरीभित्र लागत-प्रकार्यहरू हिसाब निकाल्दै यसअन्तर्गत मानवीय सन्तुलन व्यवहार गणना गर्न सकिन्छ । यसैभित्र संख्यात्मक तरिकाहरूमा सन्तुलित व्यवहारअन्तर्गत महामारीको कुल लागत गणना गर्न प्रयोग गरिन्छ । यही दूरीमा सामूहिक खोपको समयका लागि कार्य गरिन्छ अर्थात् योजना तयार गरिन्छ । सामाजिक दूरीले महामारीमा ३० प्रतिशतभन्दा माथि ‘रिकोभर’ गर्न सक्दैन ।
सामाजिक दूरी पछाडि रहेका तत्त्वहरूले व्यवहारमा परिवर्तनहरू हुन्छन्, जसले रोग सार्न सक्ने संवेदनशील व्यक्तिहरू र संक्रमित व्यक्तिहरूबीच सम्पर्कका दरहरू घटाएर रोग सार्न रोक्छ । सामाजिक दूरीलाई केही व्यक्तिले अर्थको अनर्थ लगाएर जातभात, जातीयता, ठूलो‑सानो र धनी‑गरिब छुट्ट्याउने कुनै अस्त्रका रुपमा प्रचार गरेका छन् । तर यो त मानव जाति, उसको स्वास्थ्य र जीवन, मृत्यु दर, मोर्बिलिटी, बानी व्यहोरा आदि सबै समष्टिगत रुपमा समेट्ने शब्द हो । यसभित्र सामान्य आफ्नै भाषामा चलनचल्तीअनुसार भौतिक दूरी, समीपता, नजिकै होइन टाढा, अलिक पर आदि इत्यादि बुझाउन आउने कुरा समेटिएका छन्, जसलाई तथ्य‑सत्यका आधारहरूमा अहिले सम्म मापन गरिएको छैन ।
सन् २००५ मा टोरोन्टो विश्वविद्यालयले एक प्रतिवेदन तयार गर्यो, जसमा महामारी योजनाहरूमा गम्भीर तीव्र श्वासप्रश्वास सिन्ड्रोमको (severe acute respiratory syndrome- SARS) बेला प्रतिबन्धात्मक उपायहरू के‑के प्रयोग गर्ने ? अनुभवहरुको निर्माण कसरी गर्ने, जसले महामारी रोकथाममा नागरिकको समावेशीकरणका लागि मापनहरूको रूपरेखा बनायो, यसैअन्तर्गत विकसित हुँदै ‘सामाजीक दूरीले’ अहिलेसम्म महामारीको ऐतिहासिक भूगोल पार गर्दै आएको देखिन्छ ।
सामाजिक दूरीले कुनै निश्चित मितिमा (महामारीको संक्रमणको मिति) व्यवहार परिवर्तनको महामारीको लहरलाई बदल्छ भनेर जवाफ दिन्छ । यसले महामारीको आधारभूत धरातल भत्काउने काम गर्छ । त्यसैले यहाँ कुनै गफास्टले मनखुसी यो भौतिक दूरी भनेर अर्थ लगाइदिने, नेपालको जातजाति र छुवाछुत हेरेर बोले जस्तो सजिलो विषय होइन ।
यो सबै कारणले गर्दा भौतिक दूरी होइन, महामारीमा सामाजिक दूरी भन्ने शब्द प्रयोग गरिन्छ र गरिँदै आएको छ । यो मूलतः गणित र मेडिकल क्षेत्रको अनुसन्धानसँग आधारित छ, जसभित्र क्वारेन्टिन, आइसोलेसन, भाइरस, सरुवा रोग आदि जस्ता गहन विषय पर्छन् । यो मानव शरीरको प्राकृतिक नियमअन्तर्गत जस्तै: नछुने हुनु (रिप्रोडकटिभ चक्र), पर सर्नु विषयसँग सम्बन्धित छ, त्यो नछुने भएको बेलामा गाई गोठमा लगेर महिला राख्नु (छाउगोठ) सँग सम्बन्धित छैन ।
क्यानेडाली विज्ञहरु बम र सहकर्मीहरू (२००९)मा लेख्छन्, महामारी योजनाकारहरूले सामाजिक दूरी महत्त्वका योजना बनाउन प्रयोग गर्छन् । जसमा सार्वजनिक संलग्नता विधि, मानिसहरुलाई उनीहरूको नैतिकताबारेको धारणामा सम्बन्धित छ/हुन्छ । सरकारको महामारी योजना र प्रतिक्रिया रणनीतिहरूका लागि सामाजिक दूरी अत्यावश्यक हुन्छ । तर, हामो मुलुकमा कुनै महामारी योजना बनाएको पाइँदैन र अब वैशाख १५ गतेपछि हामी कसरी जान्छौँ ? हाम्रा आर्थिक पुनःसंरचना के‑के हुने र बनाउने केही योजना देखिँदैन । अर्थात, सरकार कुइरोभित्रको काग भएको देखिन्छ ।
लोकतन्त्रभित्र सरकारी नीतिहरु, महामारी जस्ता मुद्दाहरु लोकतान्त्रिक संस्था र प्रक्रियाहरूमा विश्वासका आधारमा अन्तरंग रहेका हुन्छन् । महामारी रोकथाम योजनामा राम्रा परिणाम ल्याउन सामाजिक दूरी महत्वपूर्ण हुन्छ । सार्वजनिक संलग्नता भनेको स्वतन्त्र रूपमा प्राप्त गर्न सकिने विषय हो । यसले महत्वपूर्ण परिणामहरु जस्तैः अनुपालन, सम्बन्ध निर्माण, नागरिक दृष्टिकोण आदि देखाउँदै मानवीय जीवनलाई डोर्याउने कार्य गर्छ । सरकार र नागरिकबीचको अन्तरंग सम्बन्ध र सहकार्य प्रस्ट्याउने कार्य गर्छ ।
सामाजिक दूरीसँग सम्बन्धित गणितमा चित्र नै प्रयोग गरेर Susan D’Agostino ले पुस्तक नै लेखेका छन् । त्यस्तै Timothy C. Reluga लगायतका धेरै पेपरहरू छन् ।
१४ दिन क्वारेन्टिनमा किन ?
३१ डिसेम्बर, २०१९ मा वुहान, चीनमा देखिएको निमोनिया- सार्स कोभ- २ नाममा जन्मियो । २४ जनवरी, २०२० मा पहिलो बिरामी युरोपमा भेटिँदा यसको नाम- कोभिड १९ हुन पुग्यो । एल्गोरिथमिक महामारी पनि यसलाई भनिन्छ । एल्गोरिथमिक मोडल जसमा भाइरसको प्रसारण, मृत्युदर, भार र लागतको संख्यात्मक सूचकहरू संयोजन गरेर incubation ( ऊष्मायन) – पिरियड निकालिएका कारणले आइसोलेसनमा १४ दिन बस्नु भनिएको हो । एक अध्ययनमा कोभिड १९ को प्रारम्भिक प्रसारण गतिशीलता र Mean इनक्युवेशन अवधि ५.२ दिन आयो । पुन: भाइरसको यात्राको अवधि र लक्षणबाट अध्ययन गर्दा ६.४ दिन आयो । एक सामान्य केसको अध्ययनमा इनक्युवेसन अवधि १९ दिन हुँदा सर्ने र सार्ने (प्रसारण गतिशीलता) कम देखियो । यो सबै अध्ययन गरेर क्वारेन्टिनमा बस्न १४ दिन विज्ञहरुले सुझाएका हुन् ।
(लेखक ‘नेपालको सङ्घीयता र राजनीतिक–आर्थिक बहाव’ पुस्तकका लेखक हुन् ।)
यो पनि पढ्नुहोस्
भूमण्डलीकरण र उदारवाद : कहाँ अलमलियौं हामी ?
प्रकाशित समय ११:०३ बजे

















