गृहपृष्ठ समाजवादी र राजपाको एकताप्रति देउवाद्वारा खुशी व्यक्त
समाजवादी र राजपाको एकताप्रति देउवाद्वारा खुशी व्यक्त
संघीय संसदमा प्रतिनिधित्व गरेका दुई राजनीतिक दलहरु ‘समाजवादी पार्टी’ र ‘राष्ट्रिय जनता पार्टी’बीच भएकाे एकताप्रति कांग्रेस सभापति शेरबहादुर देउवाले खुशी व्यक्त गरेका छन् ।
बुधबार दुई पार्टी एकता भएर जनता समाजवादी पार्टी बनेको हो । ‘दुई पार्टीको एकीकरणले बहुलवादमा आधारित बहुदलीय प्रतिस्पर्धात्मक संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय शासन प्रणालीलार्ई मजवुत बनाउन मद्दत पुग्ने मैले विश्वास लिएको छु,’ देउवाले विज्ञप्तिमा भनेका छन् ।
‘नवगठित ‘जनता समाजवादी पार्टी’ का नेतृत्व तथा सो पार्टीसँग आवद्ध सबैमा नेपाली कांग्रेस र मेरो व्यक्तिगत तर्फबाट हार्दिक बधाई एवं शुभकामना व्यक्त गर्दछु,’ विज्ञप्तिमा उल्लेख छ ।
प्रकाशित समय १८:४३ बजे
















