गृहपृष्ठ प्रदेश १ मा ४ हजार ८१३ जनाको कोरोना परीक्षण, २८ जना संक्रमित
प्रदेश १ मा ४ हजार ८१३ जनाको कोरोना परीक्षण, २८ जना संक्रमित
प्रदेश १ मा ४ हजार ८ सय १३ जनाको कोरोना परीक्षण भएको छ । यसमध्ये पीसीआर विधिबाट ८ सय ८४ जनाको परीक्षण भएको हो ।
त्यस्तै द्रूत परीक्षण विधि (आरडीटी)बाट बिहीबारसम्म ३ हजार ९ सय २९ जनाको नमूना परीक्षण गरिएको छ । प्रदेश १ मा २८ जनालाई कोरोना संक्रमण देखिएको छ । संक्रमितहरुमा २६ जना पुरुष र २ जना महिला रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अन्तर्गतको कोरोना सूचना डेस्कले जनाएको छ ।
संक्रमितमध्ये १६ जना नेपाली र १२ जना भारतीय नागरिक रहेका छन् । नेपाली नागरिकमध्ये ४ जना मोरङका हुन् । ११ जना उदयपुर त्रियुगा- ३, भूल्केका रहेका छन् । एक जना सप्तरीका हुन् । उनीहरुको प्रदेश सरकारले निर्माण गरेको कोशी अस्पतालको कोभिड- १९ उपचार केन्द्रमा उपचार भइरहेको छ । उपचाररत सबैको अवस्था सामान्य छ ।
प्रदेश सरकारले निर्माण गरेका क्वारेन्टिन स्थलमा बस्नेको संख्या बिहीबारसम्म १ हजार ९२ जना पुगेको छ । २४ जना पुरुषलाई क्वारेन्टिनबाट घर पठाइएको छ । आइसोलेसनमा स्वास्थ्यकर्मीको निगरानीमा ३० जना छन् । आइसोलेनसबाट १० जना डिस्चार्ज भएका छन् ।
होम क्वारेन्टिनमा जम्मा ४ हजार ९ सय १० जना बसिरहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ । होम क्वारेन्टिनमा बस्नेमध्ये महिला ७ सय ९४ र पुरुष ४ हजार १ सय १६ जना रहेका छन् ।
प्रकाशित समय २१:५० बजे
















