गृहपृष्ठ बलिउडका अर्का अभिनेता ऋषि कपूरको निधन
बलिउडका अर्का अभिनेता ऋषि कपूरको निधन
बलिउडका दिग्गज अभिनेता ऋषि कपूरको पनि निधन भएको छ । यो घटना वलिउडका लागि
एकपछिको अर्को ठूलो धक्का हो । बलिउडका चर्चित अभिनेता इरफान खानको निधन भएको दोस्रो दिन नै कपूरको ज्यान गएको हो ।
बलिउडका महानायक अमिताभ बच्चनले ट्वीट गर्दै लेखेका छन्, ‘ऊ गयो । ऋषि कपूर गए । भर्खरै उनको निधन भयो । म टुटेको छु । कपूर परिवारबाट रणधीर कपूरले ऋषिको निधनको खबरको पुष्टि गरेका छन् ।’
T 3517 – He’s GONE .. ! Rishi Kapoor .. gone .. just passed away ..
I am destroyed !— Amitabh Bachchan (@SrBachchan) April 30, 2020
हिजो राति उनको निधन भएको उनले लेखेका छन् । सास फेर्न गाह्रो भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो ।
प्रकाशित समय १०:३० बजे

















