गृहपृष्ठ बढी मूल्यमा बेबी वाइप्स बेच्ने आरएल ट्रेडर्स २ लाख जरिवाना

बढी मूल्यमा बेबी वाइप्स बेच्ने आरएल ट्रेडर्स २ लाख जरिवाना

वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले आरएल ट्रेडर्सलाई २ लाख रूपैयाँ जरिवाना गरेको छ । काभ्रेस्थलीमा रहेको आरएल ट्रेडर्सले १४० रूपैयाँ अधिकतम खुद्रा मूल्य रहेको बेबी वाइप्सलाई २१० रूपैयाँमा बिक्री गरेको पाइएपछि कारबाही गरिएको विभागले जनाएको छ ।

आरआर ट्रेडर्सलाई उपभोक्ता संरक्षण ऐन २०७५ को १६(२) (क) बमोजिम अनुचित व्यापारिक क्रियाकलाप गरेकाले ३८ (ङ) को कसुरमा ३९(१) (ख) बमोजिम २ लाख रूपैयाँ जरिवाना गरिएको विभागले जनाएको छ ।

प्रकाशित समय १७:४० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु