गृहपृष्ठ एनआईसी एशियाका पिओएस टर्मिनल र एटिएममा मास्टर कार्ड प्रयोग गर्न सकिने
एनआईसी एशियाका पिओएस टर्मिनल र एटिएममा मास्टर कार्ड प्रयोग गर्न सकिने
एनआईसी एशिया बैंकले अन्तर्राष्ट्रिय कार्ड सेवाप्रदायक कम्पनी मास्टर कार्डसँगको सहकार्यसँगै बैंकका पिओएस टर्मिनल र एटिएममा यो कम्पनीका डेबिट तथा क्रेडिट कार्य प्रयोग गर्न सकिने सुविधा ल्याएको छ । यो व्यवस्थासँगै अब कुनै पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बैंक तथा वित्तीय संस्थाले जारी गरेको मास्टर कार्डका डेबिट तथा क्रेडिट कार्यको प्रयोग यो बैंकका पिओएस टर्मिनलबाट कारोबार रकम भुक्तानी तथा एटिएम मेसिनबाट नगद निकाल्न र मौज्दात सोधपुछ सुविधाका लागि ग्राहकले प्रयोग गर्न सक्नेछन् ।
नेपालमा मास्टर कार्ड प्रयोगकर्ताको संख्या बढ्दो क्रममा छ । विशेष गरी सेवा क्षेत्रहरू जस्तैः होटल, रेस्टुराँ र पर्यटन क्षेत्रमा मास्टर कार्ड प्रयोगकर्ताको संख्या धेरै रहेकाले मास्टर कार्डको यो सुविधासँगै मर्चेन्ट भुक्तानी सेवामा थप टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।
बैंकले यसअघि नै सातवटै प्रदेशमा ‘ग्राहक सहायता केन्द्र’ स्थापना गरी २४सै घण्टा आवश्यक बैंकिङ सेवा तथा सुविधा प्रदान गरिरहेको छ । देशभर एनआईसी एशियाका ३१९ शाखा कार्यालय, ४६१ एटिएम, १०८ एक्सटेन्सन काउन्टर र ६१ वटा शाखारहित बैंकिङ इकाइ छन् ।
प्रकाशित समय १७:३१ बजे

















