गृहपृष्ठ नेपालीसहित भिसा सकिएका कामदारलाई मलेसिया छाड्न निर्देशन
नेपालीसहित भिसा सकिएका कामदारलाई मलेसिया छाड्न निर्देशन
मलेसियाली सरकारले जनवरी १ पछि भिसा सकिएका आप्रवासी कामदारलाई घर फर्किन निर्देशन दिएको छ । मलेसियाको अध्यागमन विभागले आवासीय भिसा समाप्त भएका आप्रवासी कामदारलाई आवागमन नियन्त्रण आदेश (एमओसी) पनि सकिएको १४ दिनभित्र मलेसिया छाड्न निर्देशन जारी गरेको हो ।
मलेसियास्थित नेपाली दूतावासका अनुसार स्वदेश फर्कन चाहनेले कुनै पनि जरिवाना तिर्नुपर्ने छैन । प्रवासी कामदारले मे १२ देखि २६ तारिकसम्ममा स्वदेश फर्किसक्नुपर्नेछ भने फर्किनेहरुले मलेसियाको अध्यागमन कार्यालयमा थप कागजात वा कुनै पास बनाउनुपर्ने छैन ।
दूतावासले जारी गरेको सूचनाअनुसार लकडाउन लागू हुनुभन्दा पहिले वा त्यही अवधिमा भिसा सकिएको र नवीकरण गर्नुपर्ने भएमा मे १२ देखि जुन ११ भित्र कार्यालय समयमा मलेसियाली अध्यागमन विभागमा एपमार्फत समय र अनुमति लिनुपर्ने उल्लेख छ ।
प्रकाशित समय २०:३२ बजे


















