गृहपृष्ठ कांग्रेस पदाधिकारी बैठक बस्दै

कांग्रेस पदाधिकारी बैठक बस्दै

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले समसामयिक विषयमा छलफल गर्न पार्टी पदाधिकारी बैठक बोलाएको छ । आज आइतबार दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा सरकारले संघीय संसदमा दर्ता गरेको ‘नेपालको संविधान (दोस्रो संशोधन), २०७७’ र कोरोना भाइरस संक्रमणको अवस्थालगायत विषयमा छलफल हुने कांग्रेस मुख्यसचिव कृृष्णप्रसाद पौडेलले जानकारी दिए ।

सरकारले हालै जारी गरेको नेपालको नयाँ नक्साअनुसार नेपालको संविधानको अनुसूची- ३ मा रहेको नेपालको निशान छापभित्र अंकित नेपालको नक्सालाई नेपालको वास्तविक सीमाअनुरुप मिलाउनका लागि सो विधेयक दर्ता गराएको हो ।

बैठकमा कोरोना नियन्त्रण र रोकथामका लागि सरकारले हालसम्म गरेका कामको समीक्षा र पार्टीका तर्फबाट गर्न सकिने योगदानका बारेमा समेत छलफल हुने कांग्रेसले जनाएको छ ।

प्रकाशित समय ११:५६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु