गृहपृष्ठ प्रदेश १ का ७८ जनाले कोरोनालाई पराजित गरे, १२३ जना उपचाररत

प्रदेश १ का ७८ जनाले कोरोनालाई पराजित गरे, १२३ जना उपचाररत

संक्रमणमुक्त भएकाहरू अस्पतालबाट बिदा हुँदै ।

प्रदेश नं. १ का ७८ जनाले कोरोना भाइरस (कोभिड- १९) लाई पराजित गरेर घर फर्किएका छन् । बिहीबार थप ३० जनाले कोरोनालाई जितेर घर फर्किएका हुन् ।

कोशी अस्पताल कोरोना उपचार केन्द्रबाट २७ जना र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ३ जना डिस्चार्ज भएका हुन् । यसैबीच प्रदेश १ मा बिहीबार थप १६ जनालाई कोभिड- १९ पुष्टि भएको छ । योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या २०१ पुगेको छ । यतिबेला १२३ जना संक्रमितहरु उपचाररत छन् ।

प्रदेश १ मा १० हजार ५७ जनाको पीसीआर परीक्षण भइसकेको छ भने आरडीटीबाट १२ हजार ९ सय ५० जनाकोे परीक्षण भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको कोरोना सूचना डेस्कले जानकारी दिएको छ ।

प्रकाशित समय ११:३२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु