गृहपृष्ठ उखु किसानको पैसा अब खातामै जान्छ, कहीँ धाउनु पर्दैन : कृषिमन्त्री
उखु किसानको पैसा अब खातामै जान्छ, कहीँ धाउनु पर्दैन : कृषिमन्त्री
कृषि तथा पशुपन्छीमन्त्री घनश्याम भुसालले अब उखु कृषकको पैसा उनीहरूकै खातामा जाने बताएका छन् । मन्त्रालयमाथिको आगामी आर्थिक २०७७/७८ को बजेटका सम्बन्धमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिने क्रममा सोमबार मन्त्री भुसालले भने, ‘अब कुनै गाह्रो हुने छैन, अर्को वर्ष हामी भटाभट खातामा हालिदिन्छौं, उनीहरू कहीँ जानु पनि पर्दैन, डेलिगेसन लिएर कोष तथा लेखा नियन्त्रण कार्यालय पनि जानु पर्दैन, उनीहरूको खातामा अनुदान जाने हामीले बन्दोवस्त गरेका छौं ।
उनले विगतमा पनि सरकारको अनुदानको कुरामा समस्या नभएको र उखु मिल र किसानका बीच समस्या भएको बताए । ‘अस्ति पनि धेरै हल्ला त भयो तर उखु मिल र किसानको समस्या थियो, अलिअलि ढिलो भइरहेको थियो,’ उनलले भने, ‘ अहिले हामीले सुरू गरेका छौं, सूचना हेरिरहनुभएको छ, किसानको रजिस्ट्रेसन सुरू भएको छ, अहिले लकडाउनले अलिकलि ढिला भएको छ ।’
प्रकाशित समय ०७:४५ बजे

















