गृहपृष्ठ सुदूरपश्चिममा ४ दिने शिशुसहित २७ जना कोरोना संक्रमित थपिए

सुदूरपश्चिममा ४ दिने शिशुसहित २७ जना कोरोना संक्रमित थपिए

सुदूरपश्चिम प्रदेशमा एकै दिन बिहीबार थप २७ जनामा कोरोना पुष्टि भएको छ । धनगढीस्थित कोरोना परीक्षण प्रयोगशालामा थप २७ जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए । योसँगै सुदूरपश्चिममा संक्रमितको संख्या १ सय ९१ पुगेको छ ।

सूचना अधिकारी श्रेष्ठका अनुसार धनगढी प्रयोगशालामा गरीएको परीक्षणमा बाजुराका १८ जना, कैलालीका ७ जना र बझाङका दुई जनामा कोरोना पुष्टि भएको हो । कैलालीको गौरीगंगा नगरपालिकाका- ५ का २०, २३, २३, २४, २४, २९ वर्षीय पुरुष र घोडाघोडी नगरपालिकाका ३० वर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ ।

यस्तै बाजुराको बुढीगंगा नगरपालिकाकी ३ वर्षीया बालिका, १८, २१, २२, २६, ३६, ४० वर्षीया युवती र ४५ वर्षीया महिला तथा बुढीगंगा नगरपालिकाकै ४ दिनको शिशु, १४ वर्षीय बालक, २५, २५, ३०, ४२, ५०, ५१, ५२ वर्षीय पुरुष गरी एकैदिन १७ जनामा संक्रमण देखिएको छ । यस्तै बाजुराकै त्रिवेणी नगरपालिकाका ५० वर्षीय पुरुष, बझाङको थलारा गाउँपालिकाका ३४ वर्षीय पुरुष र बित्थडचीर गाउँपालिकाका ३० वर्षीय पुरुषमा पनि संक्रमण देखिएको छ ।

अहिलेसम्म सबैभन्दा बढी कैलालीका ६७, कञ्चनपुरमा ३४, अछामका १६, डडेल्धुरामा १५, दार्चुलामा १२, डोटीका १०, बझाङमा ९, बैतडीमा ६ र बाजुराका १८ जनामा कोरोना पुष्टि भएको छ । पुष्टि भएका दुई जनाको मृत्यु भएको छ भने १९ जना निको भएर घर फर्किसकेका छन् ।

प्रकाशित समय १८:२४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु