गृहपृष्ठ मुक्तिनाथ विकास बैंकद्वारा मृतकको ऋण मिनाहा

मुक्तिनाथ विकास बैंकद्वारा मृतकको ऋण मिनाहा

महाराजगन्ज

मुक्तिनाथ विकास बैंकले साना तथा लघु बैंकिङ विभागअन्तर्गत बैंकमा नियमित कारोबार गर्दै आएका ग्राहक सदस्य र संरक्षकको मृत्यु तथा परियोजनामा आगलागी भई क्षति भएकाहरुलाई राहत प्रदान गरेको छ । बैंकले छुट्टाछुटै कार्यालयहरुबाट ग्राहक सदस्यहरुको कर्जा मिनाहा,

काजक्रिया खर्च प्रदान तथा आगलागी राहत वितरण गरेको हो ।
बैंकको शाखा कार्यालय सल्यानटार धादिङबाट लघु कर्जा लिएका कैली दमिनी र महाराजगन्ज काठमाडौंबाट लघु कर्जा लिएकी कान्छी महर्जनको असामयिक निधन भएकाले उनीहरुले उपभोग गर्दै आएको कर्जाको साँवा र ब्याज तथा काजक्रिया रकम क्रमशः १ लाख ८ हजार ७१७ रुपैयाँ र १ लाख १४ हजार ८० रुपैयाँ मृतककै घरमा गई प्रदान गरेको छ ।

धार्के

यस्तै बैंकको ग्राहक सदस्य धुनिबेँसी ७ खानीखोलाकी दुर्गा भण्डारीका श्रीमान्को असामयिक निधन र टोखा २ बानियाटारकी मैया बानियाका श्रीमानको असामयिक निधन भएको हुँदा काजक्रिया खर्चबापत जनही ५ हजार रुपैयाँ राहत प्रदान गरिएको बैंकले जनाएको छ ।

सल्यानटार

यसैगरी, बैंकको शाखा कार्यालय धार्के धादिङबाट लघु कर्जा लिएका राधाकृष्ण कार्कीले सञ्चालन गर्दै आएको कुखुरापालन परियोजना आगलागी भई क्षति पुग्न गएको हुँदा परियोजनाको स्थलगत निरीक्षण गरी राहतस्वरुप ५ हजार प्रदान गरिएको छ । विभिन्न शाखा कार्यालयबाट कुल २ लाख २७ हजार ७९७ कर्जा मिनाहा तथा राहत वितरण गरिएको बैंकका प्रमुख सूचना अधिकारी तिलबहादुर गुरुङले जानकारी दिए ।

प्रकाशित समय १८:३३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु